×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रपति भण्डारी गृह जिल्ला भोजपुर जाँदै

राष्ट्रपति भण्डारी गृह जिल्ला भोजपुर जाँदै

भोजपुर- राष्ट्रपति विद्यादेवी भण्डारी भोलि गृह जिल्ला भोजपुर जाने भएकी छन् । जिल्लाको उत्तरी षडानन्द नगरपालिकास्थित बालागुरु षडानन्द अधिकारीको जन्मथलो दिङ्ला र सामाजिक अभियन्ता योगमाया न्यौपानेको कर्म तथा समाधिस्थल मझुवाबेँसी र गौंडेनीको भ्रमणका लागि राष्ट्रपति भण्डारी जान लागेकी हुन् ।

षडानन्दका मेयर सुरेन्द्रकुमार उदासका अनुसार राष्ट्रपतिले न्यौपानेको षडानन्द नगरपालिका-१ स्थित मझुवामा रहेको प्रतिमामा माल्यार्पण गर्ने छिन् । साल्पासिलिछो गाउँपालिका-१ गौंडेनीमा रहेको पशुपतिनाथको मन्दिरमा पूजाआजाको पनि कार्यक्रम छ ।

त्यसपछि राष्ट्रपति भण्डारीले षडानन्द गुरुको जन्म घडेरीमा नवनिर्मित बालागुरुको सालिक अनावरणसँगै कैलाश डाँडामा रहेको गुरुकुल र जनस्तरबाट स्थापना गरिएको नेपालको पहिलो पाठशाला षडानन्द माध्यमिक विद्यालय र त्यसको नजिकै रहेको अरुण माविको समेत अवलोकन गर्ने मेयर उदासले जानकारी दिए ।

राष्ट्रपतिको भ्रमण सफल पार्न पालिकावासीको उपस्थितिका लागि अनुरोधसहित साल्पासिलिछो गाउँपालिकाले सार्वजनिक बिदासमेत दिएको छ ।

प्रतिकृया दिनुहोस्