×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

माओवादीको बन्द सत्र सोमबार बिहान ११ बजेबाट

माओवादीको बन्द सत्र सोमबार बिहान ११ बजेबाट

काठमाडौँ - नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्द सत्र सोमबार बिहान ११ बजेबाट सुरु हुने भएको छ । आइतबार उद्घाटन सम्पन्न भएको महाधिवेशनको बन्द सत्र सोमबार बिहान ११ बजेबाट प्रज्ञा प्रतिष्ठान कमलादीमै सुरु हुने माओवादी केन्द्रले जनाएको छ ।

यसैबीच महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या बढेको छ । सुरुमा १५ सय ३१ जना प्रतिनिधी सहभागी हुने तय भए पनि पछि सहभागीको संख्या १७ सयको हाराहारी पुगेको माओवादी केन्द्र केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । सबै क्लस्टरलाई मिलाउने क्रममा सहभागी बढेको पनि उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्