×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिरमा हुन्छ : प्रचण्ड

प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिरमा हुन्छ : प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिरमा नै हुने बताएका छन् । उनले चुनाव एकै चरणमा सम्पन्न गर्नेबारे पनि छलफल भइरहेको जानकारी दिए ।

बर्दियाको बेलभारमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘प्रतिपक्षको पनि मंसिरको पहिलो हप्ता वा कात्तिकको अन्तिममा नै निर्वाचन गर्नुपर्छ भन्ने कुरा भएको छ । प्रधानमन्त्री लगायत गठबन्धनमा हामीले छलफल गर्दा मंसिरको पहिलो हप्तामा हुने नै बढी सम्भावना छ ।’ उनले चुनाव एकै चरणमा सम्पन्न गर्ने गरी कोसिस गरिरहेको बताए । उनले प्रदेश र संघको निर्वाचनको तयारीमा जुट्न सबैलाई आह्वान समेत गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस्