कास्की- एमालेको गढका रुपमा रहेको कास्कीमा सत्ता साझेदार पाँचदल मिलेर स्थानीय चुनावमा जाने भएका छन् । जिल्लामै एमालेलाई शून्य बनाउने उद्देश्यका साथ सत्ता साझेदार दलहरुले स्थानीय चुनावमा एक ढिक्का भएर जाने समझदारी गरेका हुन् ।
सत्ता गठबन्धन दलका कास्की प्रमुखहरूको बैठकले निर्वाचनमा वडासम्मै मिलेर जाने समझदारी गरेको हो । २०७४ को स्थानीय तहको निर्वाचनमा अधिकांश ठाउँमा एमाले उम्मेदवारले नै जितेका थिए ।
त्यस्तै, संसदीय निर्वाचनमा समेत प्रदेशसभाको एउटा क्षेत्रबाहेक एमालेले जितेको थियो । प्रतिनिधिसभा सदस्यमा कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार विजयी भएका थिए । कास्की नेकपा एमालेको गढका रुपमा रहेको छ ।