×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सांसद भण्डारी र उनकी आमालाई तत्काल विदेश लैजान अस्पतालको सिफारिस

सांसद भण्डारी र उनकी  आमालाई तत्काल विदेश लैजान अस्पतालको सिफारिस

काठमाडौ-ग्यास सिलिन्डर विस्फोट भएर गम्भीर घाइते हुनुभएका सांसद चन्द्रप्रसाद भण्डारीलाई थप उपचारका लागि देश बाहिर लैजान अस्पतालले सिफारिस गरेको छ ।  गएराति बुद्धनगरस्थित घरमा ग्यास विस्फोट हुँदा कांग्रेस नेता एवम् सांसद भण्डारी र उहाँकी आमा गम्भीर घाइते भएपछि राति नै कीर्तिपुर अस्पताल भर्ना गरिएको हो । 

अस्पतालले आज बिहान प्रेस नोट जारी गर्दै सांसद भण्डारी र उहाँकी आमाको थप उपचारका लागि देश बाहिर लैजान सुझाव दिएको हो । अस्पतालका मेडिकल डाईरेक्टर निर्जना ताम्राकार र जनरल उपचार विभाग प्रमुख डा. नकर्मीले आज संयुक्त विज्ञप्ति जारी गर्नुहुँदै सुविधासम्पन्न अस्पताल लैजान सिफारिस गर्नुभएको हो । विज्ञप्तिमा भनिएको छ, ‘‘हालको स्रोत र साधनको अवस्थामा उहाँहरूको यथोचित उपचार नेपालमा सम्भव नहुने देखिएकाले देशबाहिर सुविधासम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ ।’’

अस्पतालका अनुसार सांसद भण्डारीको अनुहार, दुबै हातखुट्टा गरी ३० प्रतिशतसम्म जलेको छ भने आमा ७० प्रतिशत शरीरको भाग जलेको छ । साथै दुबैको  श्वासनलीमा तातो हावा र धुवाँका कारण जलन भएको हुनसक्ने बढी सम्भावना रहेको अस्पतालको भनाइ छ ।  दुबैजनाको सघन कक्षमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्