×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

जापानका दुई प्रमुख विपक्षी दलले गरे संयुक्त चुनावी मोर्चा गठन

जापानका दुई प्रमुख विपक्षी दलले गरे संयुक्त चुनावी मोर्चा गठन

एजेन्सी– जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ गठबन्धनलाई चुनौती दिन संयुक्त चुनावी मोर्चा गठन गर्ने सहमति जनाएका छन् । सम्भावित आकस्मिक चुनावलाई लक्षित गर्दै उनीहरूले स्विङ मतदाताहरू आकर्षित गर्ने उद्देश्यका साथ नयाँ गठबन्धन बनाउने निर्णय गरेका हुन् ।

सबैभन्दा ठूलो विपक्षी दल जापानको कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी (सिडिपी) का नेता योशिहिको नोडाले बिहीबार पत्रकारहरूसँग भने,’हामी संयुक्त रूपमा चुनाव लड्न नयाँ पार्टी गठन गर्न सहमत भएका छौँ ।’ उनका अनुसार विपक्षी शक्तिहरू एकीकृत भएर सत्तारूढ पक्षको सामना गर्ने तयारीमा छन् ।

प्रतिकृया दिनुहोस्