×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

एनआरएनए जापानकाे क्षेत्रिय सह - कोषाध्यक्षमा स्याङ्जाका मियाकाे उम्मेदवारी

एनआरएनए जापानकाे क्षेत्रिय सह - कोषाध्यक्षमा स्याङ्जाका मियाकाे उम्मेदवारी

जापान ।  स्याङ्जाको वालिङमा जन्मिएर हाल जापानलाई कर्मथलो बनाउदै आएका नासिर मिया जसले आगामी जुलाई २७ तारिख हुने तय गरिएको गैर आवासिय नेपाली संघ (NRNA) जापानको आगामी २ बर्षे कार्यकालका लागी क्षेत्रिय सह— कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्दै चुनावी मैदानमा होमिएका छन् ।  

जापानमा रहेका नेपाली हुन् वा नेपालमा कुनै समस्या पर्दा सेवाभावका साथ सहयोगीको रुपमा जुटेका मियाँ लोकप्रिय युवाका रुपमा परिचित छन् । हरेक समस्यामा सारथी बन्दै आएका मिया आगामी कार्यकाल (२०२५—२०२७) का लागि क्षेत्रिय सह—कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले सन् २०२३–२०२५ को कार्यकालमा जापानको गुन्मा क्षेत्रीय समितिको संयोजकको रूपमा सफल नेतृत्व प्रदान गरेका थिए ।

संयोजक पदमा रहँदा मियाले जापानको गुन्मा क्षेत्रमा उल्लेखनीय सामाजिक कार्यहरू सञ्चालन गर्नुका साथै समुदायमा एकता, समन्वय र सहभागितालाई बलियो बनाउन महत्वपुर्ण भुमिका खेलेका थिए । विशेषगरी, मियाकै पहलमा सञ्चालन गरिएको सदस्यता विस्तार अभियान अत्यन्त सफल भएको र जसअन्तर्गत सदस्य संख्या पाँच गुणाले वृद्धि भएको मियाका समर्थकहरुको भनाई छ ।

मियाले उम्मेदवारी घोषणा गर्दै गैर आवसीय नेपाली संघ लाई अझै पारदर्शी, उत्तरदायी र क्षेत्रिय समिति अनुकुल बनाउने उदेश्य रहेको बताएका छन् । सह–कोषाध्यक्षको भूमिका वित्तीय उत्तरदायित्वसँगै संस्थामा पारदर्शिता र विश्वास निर्माण गर्ने अवसर हुने मियाले बताए । जापानको गुन्मा क्षेत्रमा मियाको लोकप्रियता, इमान्दार छवि र व्यवस्थापन क्षमताले  एनआरएनए जापानको आगामी कार्यकालमा सकारात्मक ऊर्जा, पारदर्शिता र समावेशिता थपिने अपेक्षा मियाले गरेका छन् । 

प्रतिकृया दिनुहोस्