×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

घट्यो जापानी नागरिकहरूको जनसंख्या,अहिलेसम्मकै ठूलो वार्षिक कमी

घट्यो जापानी नागरिकहरूको जनसंख्या,अहिलेसम्मकै ठूलो वार्षिक कमी

जापान ।  सन् २०२४ मा जापानी नागरिकहरूको जनसंख्या करिब ९ लाख ८ हजारले घटेको छ, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो वार्षिक कमी हो। अहिले जापानी नागरिकहरूको संख्या करिब १२ करोड ६ लाख ५० हजार छ भने विदेशीहरू समेतको कुल जनसंख्या १२ करोड ४३ लाख ३० हजार पुगेको छ। यसको विपरीत, जापानमा विदेशी बासिन्दाहरूको संख्या बढ्दै ३७ लाख ७० हजार पुगेको छ, जुन अहिलेसम्मकै उच्च वृद्धि हो।
जन्मदर अत्यन्तै घट्दै गएको र मृत्यु दर बढ्दै गएको कारण जापानको जनसंख्या लगातार घट्दै गएको छ। गत वर्ष देशभर मात्र ६ लाख ८७ हजार ६८९ बालबालिका जन्मिएका थिए भने मृत्यु हुनेको संख्या करिब १६ लाख पुगेको थियो।

प्रतिकृया दिनुहोस्