एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब वेस्ट ह्यामले जर्मन डिफेन्डर थिलो केहररलाई अनुबन्ध गरेको छ । वेस्ट ह्यामले फ्रेन्च क्लब पीएसजीबाट थिलोलाई अनुबन्ध गरेको हो ।
२४ वर्षीय डिफेन्डरले वेस्ट ह्यामसँग ४ वर्षको सम्झौता गरेका छन् । उनी २०१८ मा शाल्केबाट पीएसजी आएका थिए ।पीएसजीका लागि उनले १ सय २८ खेल खेलेका छन् ।
पीएसजीका लागि उनले ३ लिग वान र २ फ्रेन्च कप जितेका थिए । जर्मनीका लागि उनले २२ खेल खेलेका थिए ।