पोखरा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको कुनै गन्तव्य नभएको बताएका छन् । मंगलबार पोखरमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको कुनै गन्तव्य नभएको बताए ।
‘गठबन्धन दिशाहिन विचारहिन र गन्तव्यहिन छ । यो गठबन्धन जनताको चाहना विपरीत कुदेको छ,’ उनले भने– ‘गठबन्धनमा को प्रधानमन्त्री बन्ने तँछाडमछाड छ ।’
गठबन्धन सरकार दक्षिणपन्थी दिशामा हिँडेको उनले बताए । आउँदो निर्वाचनमा एमालेले लोकतन्त्र रक्षाका लागि जित्नुपर्ने र बहुमत ल्याउनुपर्ने उनले बताए ।
गन्तव्य नभएकाहरुले फरक–फरक घोषणापत्र बोकेर गठबन्धन बनेकाे भन्दै उनले सबैले आफैंलाई प्रधानमन्त्री भन्दै जनतासँग झुटो आश्वासन दिइरहेकाे बताए ।