×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज पिपुल्स पावरको आइपिओ बाँडफाँट

आज पिपुल्स पावरको आइपिओ बाँडफाँट

काठमाडौँ- आज पिपुल्स पावर कम्पनीको आइपिओ आइतबार बाँडफाँट हुँदै छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौँमा दिउँसो २ बजे आइपिओ बाँडफाँट गर्ने तयारी भएको छ। यसको प्रि-अलोटमेन्ट गत बुधबार नै सम्पन्न भइसकेको छ।

यसमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको छ। यसर्थ गोलाप्रथाबाट आइपिओ बाँडफाँट हुनेछ। जसमा २ लाख २९ हजार ४६८ जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ।

यसमा कुल १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन्। कुल १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

कम्पनीले साउन ३१ गतेबाट भदौ ५ गतेसम्म सर्वसाधारणका लागि २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपिओ जारी गरेको थियो।

प्रतिकृया दिनुहोस्