×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

एसिया कप: पाकिस्तानमाथि भारतको शानदार जित

एसिया कप: पाकिस्तानमाथि भारतको शानदार  जित

काठमाडौं - एसीसी एसिया कप क्रिकेट प्रतियोगिताको सुपर फोर खेलमा भारतले पाकिस्तानमाथि २२८ रनको शानदार जित निकालेको छ । सोमाबार भएको खेलमा भारतले पाकिस्तानलाई सहजै हराएको हो । 

कोलम्बोमा भारतले दिएको ३५७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाएर मात्र १२८ रन बनाएको हो । पाकिस्तानका लागि फकर जमानले सर्वाधिक २७ रनको योगदान गरे । त्यस्तै सलमान अलि र यफ्तकर अहमेदले समान २३–२३ रन बनाए । पाकिस्तानका कप्तान बाबर आजमले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । भारतका लागि कुलदीप यादवले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै जस्प्रीत भुम्राह, हार्दीक पाड्या र सार्दुल ठाकुरले एक–एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनायो ।

आईतबार भारतले २४ दशमलब १ ओभरमा १ सय ४७ रन बनाउँदा निरन्तरको वर्षाका कारण खेल स्थगित भएको थियो । 

आईतबार स्थगित खेल आज भएको थियो । भारतका लागि केएल र विराट कोहलीले अविजित शतकीय ईनिङ खेले । 

तेस्रो विकेटका लागि राहुल र विराटले १ सय ९४ बलमा अविजित २ सय ३३ रनको साझेदारी गरेका थिए ।कोहलीले यसै खेलमा आफ्नो १३ हजार रन समेत पूरा गरेका थिए । राहुलले १ सय ६ बलमा १२ चौका र २ छक्काको सहयोगमा अविजित १ सय ११ रनको ईनिङ खेले ।

कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा अविजित १ सय २२ रनको ईनिङ खेले ।

शुभमन गिल, रोहित शर्माले अर्धशतक बनाएका थिए । पहिलो विकेटका लागि रोहित र गिलले १ सय बलमा १ सय २१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । 

गिलले ५२ बलमा १० चौकाको सहयोगमा ५८ रन बनाए । कप्तान शर्माले ४९ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ५६ रन बनाए । 

पाकिस्तानका लागि सादाब खान र शाहिन शाह अफ्रिदीले समान १-१ विकेट लिए । 

प्रतिकृया दिनुहोस्