×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वर्षाले रोकिएको नेपाल-यूएईबीचको बाँकी खेल आज

वर्षाले रोकिएको नेपाल-यूएईबीचको बाँकी खेल आज

काठमाडौं-  पहिलो इनिङको २७.३ ओभरको खेल हुँदा वर्षाका कारण खेल रोकिएको थियो। आज त्यहीं अवस्थाबाट खेल सञ्चालन हुने नेपाल क्रिकेट संघले जनाएको छ।

वैशाख १९ गते पनि खेल हुन नसकेमा भने ‘सिडिङ’ का आधारमा विजेता घोषणा गरिनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को प्राविधिक कमिटीले ‘सिडिङ’ का लागि पाँच वटा आधार तय गरेको छ। यसमा सबैभन्दा बढी अङ्क भएको टोलीलाई विजयी घोषणा गरिन्छ। दुवै टोलीको अङ्क बराबर भएमा बढी खेल जितेको टोली विजयी हुन्छ। त्यसमा पनि बराबर भएमा रनरेट, बलिङ स्ट्राइक रेट र त्यसपछि हेड टु हेडका आधारमा विजेता घोषणा गरिन्छ।

यस प्रतियोगितामा नेपालको सात अङ्क छ भने यूएईको ६ अङ्क छ। अब वैशाख १९ मा पनि खेल हुन सकेन भने नेपाललाई लिगमा प्राप्त अङ्कका आधारमा विजेता घोषणा गरिनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार‚ पश्चिमी र स्थानीय वायुको प्रभावले मंगलबार पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ। मंगलबार बिहान देशभरको मौसम सफा छैन। सुदूरपश्चिम प्रदेशका केही स्थान र अन्य प्रदेशका पहाडी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्