नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले केन्द्रीय सदस्यहरूसँग गर्ने भनेको छलफल स्थगित भएको छ ।
शुक्रबार कोइराला निवास टोखामा उनीहरूले केन्द्रीय सदस्यहरूसँग गर्ने भनिएको छलफल स्थगित भएको हो ।
तीन दिनअघि पूर्वमहामन्त्री सिंहको चाक्सीबारीस्थित निवासमा बसेको नेतात्रयको बैठकले शुक्रबार केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने निर्णय गरेको थियो ।
कार्यव्यवस्तताका कारण केन्द्रीय सदस्यहरूसँगको छलफल स्थगित गरिएको नेताहरूले जनाएका छन् ।
क्रियाशील सदस्यता छानबिन समितिसँग पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्नु परेकोले केन्द्रीय सदस्यहरूसँगको छलफल स्थगित गरिएको बताइएको छ ।
पछिल्लोपटक तीन नेताबीच निरन्तर भइरहेको भेटघाट र छलफलले कार्यकर्तामा उत्साह थपिएको नेतात्रयको विश्लेषण छ ।
नेतात्रयले केन्द्रीय सदस्यहरूसँग छलफल राखेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल असन्तुष्ट बनेका थिए ।