×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

गुल्मेली समाज जापानले क्षेत्रिय समिति कान्साइकाे अधिवेशन गर्ने

गुल्मेली समाज जापानले क्षेत्रिय समिति कान्साइकाे अधिवेशन गर्ने

बिभिन्न पेशा व्यबसायका लागी जापानमा आएका गुल्मेलीहरुको साझा संस्था गुल्मेली समाज जापानको क्षेत्रिय समिति कान्साईको गठन हुने भएको छ । आगामी  सेप्टेम्बर ८  तारिख सोमबार  कान्साईमा पहिलो अधिवेशन गरी नयाँ समिति गठन गरिे भएको हो । यसअघि कान्तो, फुकुओका र नागोयामा क्षेत्रीय समिति गठन गरिसकेको समाजले अब कान्साईमा पनि समिति विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

परदेशी भूमिमा रहेका गुल्मेलीलाई एकताबद्ध गर्ने र जापानका विभिन्न सामाजिक संघ–संस्थासँग सहकार्य गर्दै अघि बढ्ने उद्देश्यसहित अधिवेशनको तयारी भइरहेको अध्यक्ष महेन्द्र कुमार अधिकारीले जानकारी दिए । अधिकारीका  अनुसार, पछिल्लो समय जापानमा बढ्दो नेपाली जनसंख्यासँगै देखिएका चुनौतीहरूका समाधानका लागि क्षेत्रीय समिति मार्फत सक्दो सहयोग पुर्‍याउने योजना रहेको छ।

कान्साईमा गुल्मेलीको बाक्लो उपस्थिति भए पनि अहिलेसम्म उनीहरूलाई समेट्ने संस्थागत संरचना नहुँदा समिति गठन आवश्यक भएको कान्साईका खिम खरेलले बताए। उनका अनुसार, करिब ५० भन्दा बढी जिल्लागत तथा क्षेत्रगत संघ–संस्था सक्रिय भए पनि गुल्मेलीको साझा संस्था नहुनु निराशाजनक रहेको थियो।यसपटक केन्द्रसँगको सहकार्यमा तत्काल समिति गठन गरिने उनले स्पष्ट पारे।

 

अधिवेशनको तयारीप्रति उत्साह व्यक्त गर्दै कान्साईका अग्रज तथा गुल्मेली समाज जापानका सल्लाहकार तुल्सीराम खरेलले, “कान्साईमा गुल्मेली समाज गठन हुनु निकै खुशीको कुरा हो,” भन्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो।

अधिवेशनका लागी जापानकाे राजधानी टाेकियाेवाट केन्द्रिय समितिका अध्यक्ष लगायत पदाधिकारी र अग्रजहरू कान्साइ पुगिसेकेकाे खबर प्राप्त भएकाे छ । 

मिति: २०२५/०९/०८  तारिख सोमबार

समय: साँझ ५ बजेबाट

स्थानः 大阪市西成区千本中1-3-23 マンションむさし1F

3-23, Sembonnaka 1-Chōme

Nishinari, Osaka, Osaka Japan 557-0054

फोनः 060-6656-1812  suraj resturent

नोटः योचुबासी लाइन ,किसिनोसातो स्टेसन गेट नम्बर ३ बाट पैदल २ मिनेट मात्र

 

प्रतिकृया दिनुहोस्