×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेसकाे कर्णाली सभापतिमा निधि पक्षबाट बमको उम्मेदवारी

कांग्रेसकाे कर्णाली सभापतिमा निधि पक्षबाट बमको उम्मेदवारी

सुर्खेत- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कर्णाली प्रदेशको सभापतिका लागि विमलेन्द्र निधि पक्षले पनि दाबी गरेको छ । निधि पक्षबाट कालिकोटका मोतिराज बमले उम्मेदवारी घोषणा गरेका छन् । यसअघिसम्म उनले उम्मेदवारी दिएका थिएनन् । उम्मेदवार मनोनयन दर्ताको समयमा भने उनले पनि सभापतिका लागि उम्मेदवार घोषणा गरेको बताइएको छ ।

त्यस्तै कर्णाली प्रदेशमा संस्थापन र इतर पक्षले सभापति पदका लागि उम्मेदवार टुंगो लगाएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट ललितजङ्ग शाही, पौडेल पक्षबाट भुपेन्द्रजङ्ग शाहीले सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । अहिलेसम्म दुवै पक्षले प्यानल भने घोषणा गरेका छैनन् । यद्यपि वरिष्ठ नेता रामचन्द्र पौडेको पक्ष भनिने इतर पक्षले प्यानल घोषणाको तयारी गरिरहेको छ । अब, कर्णालीमा तीन पक्षबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

 

प्रतिकृया दिनुहोस्