काठमाडाैँ । आगामी फाल्गुन २१ गते हुने तय भएकाे प्रतिनिधी सभाको निर्वाचनका लागी बिभिन्न राजनितिक दलका अध्यक्ष तथा सभापतीहरुले प्रत्यक्ष तर्फको निर्वाचनमा भाग लिएका छन् । निर्वाचन प्रयोजनका लागी गत पौष ११ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका १३७ ओटा राजनितिक दलहरुमध्ये कुन दलका अध्यक्ष तथा सभापतीले कहाँवाट निर्वाचन लड्दैछन् तलको सुचिमा प्रस्तुत गरिएको छ ।
१. नेपाली कांग्रेसका सभापति गगन कुमार थापा सर्लाही ४
२. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५
३. नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) रुकुम पुर्व
४. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने चितवन २
५. राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन झापा ३
६. जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउत सप्तरी २
७. जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी ३
८. श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई सुनसरी १
९. उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौँ ३
१०. नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी कैलाली १
११. राष्ट्रिय मुक्ति पार्टी नेपाल अध्यक्ष राजेन्द्र महतो सर्लाही २