काठमाडौं । नेकपा (एमाले)को झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक कलंकीस्थित एक प्यालेसमा जारी छ । बिहान ११ बजे बस्ने भने पनि बैठक केही ढिलो गरी सुरु हुने जनाइएको छ । उक्त पक्षमा नेता रघुजी पन्तका अनुसार शुक्रबारको संसदीय दलको बैठकबारे नेताहरुले केन्द्रीय सदस्यलाई ब्रिफिङ गर्नेछन् ।
शुक्रबार पनि कलंकीस्थित एक प्यालेसमा खनाल–नेपाल पक्षका केन्द्रीय सदस्य र सांसदहरुबीच छलफल भएको थियो । सोही छलफलपछि नेता खनालको नेतृत्वमा नेपाल र भीम रावलबाहेकका सांसदहरु प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा सहभागी भएका थिए ।