×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शेयर बजार

बिहीबार नेप्से ३२ अंकले घट्यो

बिहीबार नेप्से ३२ अंकले घट्यो

काठमाडौँ - साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३२.५१ अंकले घटेको छ । १.२२ प्रतिशतले घटेर नेप्से परिसूचक २६३३.४२ बिन्दुमा पुगेको हो । 

कारोबारमा आएका १३ समूहका परिसूचकमध्ये तीन समूहका परिसूचक सकारात्मक छन् । बैंकिङ समूहको परिसूचक १.‍‍०९ प्रतिशतले खस्किएको छ । व्यापार समूहको परिसूचक ३.९२ प्रतिशतले वृद्धि भएको छ । 

विकास बैंक समूहको परिसूचक ३.१८ प्रतिशतले घटेको छ । जलविद्युत्‌ र फाइनान्स समूहको परिसूचक २ प्रतिशतभन्दा बढी दरले खस्किएको छ । नेप्से परिसूचक खस्किरहँदा मनकामना स्मार्ट लघुवित्त, नेपाल फाइनान्स र मैलुङ खोला जलविद्युत्‌को सेयर मूल्यमा भने उच्च वृद्धि भएको छ । 

नेप्से परिसूचकसँगै सेयर कारोबार पनि घटेको छ । तीन अर्ब ७० करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । ४९ हजार ८ सय ३५ पटकको किनबेचमा ७३ लाख २१ हजार कित्ता सेयर किनबेच भएको छ । 

प्रतिकृया दिनुहोस्