×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

झण्डै २ अंकले बढ्यो सेयर बजार

झण्डै २ अंकले बढ्यो सेयर बजार

काठमाडौँ- साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार झिनो अंकले बढेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक १.८१ अंकले बढेर २०५४.९५ बिन्दुमा पुगेको छ । यस दिन कुल १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८ सय ५७ रुपैयाँमा कुल ४० लाख ३१ हजार २५ कित्ता सेयर कारोबार भयो ।

यस दिन १ सय ४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, ७१ कम्पनीको सेयर मूल्य बढेको छ । ११ कम्पनीको सेयर मूल्यस्थिर रहेको छ ।

यस दिन रुरु जलविद्युत्, मन्दाकिनी हाइड्रो, हेवाखोला जलविद्युत् लगायत कम्पनीको सेयर मूल्य १० प्रतिशतसम्मले बढेको छ । यस दिन बैंकिङ, टे«डिङ, हाइड्रोपावर, म्यानुफ्याक्चरिङ, जीवन बीमालगायत समूहको समूहगत सूचक बढेको छ । अन्य समूहको सूचक घटेको छ ।

प्रतिकृया दिनुहोस्