×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सांसद स्नेहिको प्रश्न : १३ करोडको होलिवाइन खाने तर बझाङका जनताले चामल खान पाउने कि नपाउने?

सांसद स्नेहिको प्रश्न : १३ करोडको होलिवाइन खाने तर बझाङका जनताले चामल खान पाउने कि नपाउने?

काठमाडौं- नेपाली कांग्रेस सांसद प्रकाश स्नेही रसाइलीले बझाङका जनताले चामल खान नपाएर मन्त्रालय धाउनुपरेको बताएका छन्। 

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जनता भोको रहेका बेला सरकार हेरेर बसेको आरोप लगाएका छन्। 

‘सम्माननीय प्रधानमन्त्री ज्यु बालुवाटारमा बसेर नृत्य हेरिरहनुभएको छ’ उनले भने, ‘अब यो नृत्यको टिकट बिक्री गर्ने, सांसद खरिद बिक्रीको उद्घोष गर्ने प्रधानमन्त्रीलाई मेरो विनम्रतापूर्वक अनुरोध छ, तपाईको सरकार बनिसकेपछि तपाईंहरुले १३ करोडको होलिवाइन खानुभयो तर बझाङका जनताले चामल खान पाउने कि नपाउने सम्माननीय प्रधानमन्त्रीसँग यसको जवाफ माग्न चाहान्छु।’
 

प्रतिकृया दिनुहोस्