काठमाडौं - अप्ठ्यारोमा परेका नागरिकको सेवामा निरन्तर सक्रिय युवाहरुको समुह हाम्रो टिम नेपाल तराईका बिभिन्न ठाउँका विपन्न बस्तीमा चप्पल वितरण गरेर काठमाडौं फर्केको छ ।
"कसैको खालि खुट्टा नहोस" भन्ने अभियान बोकेर तराईका बिभिन्न मुसहर बस्तीहरु लगायतका बिपन्न नागरिकलाई चप्पल वितरण गरेर फर्केको हो संस्थाका अध्यक्ष बिमल पन्तसहित संस्थापक सदस्य कबिता पौडेल र सदस्य निरकुमार बुढाथोकी लगायत टोली वितरण गरेर फर्केको हो ।