×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

अध्यक्ष ओलीद्वारा एमाले पार्टी कार्यालयको भवन शिलान्यास

अध्यक्ष ओलीद्वारा एमाले पार्टी कार्यालयको भवन शिलान्यास

काठमाडौं - नेकपा एमालेले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा मदननगर बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको छ ।

बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहीबार बिहान भवन शिलान्यास गरेका हुन् ।
एमालेको नयाँ केन्द्रीय कार्यालय भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए । १३ रोपनी क्षेत्रफलमा फैलिने कार्यालय देशभरका कार्यकर्ताहरुको आस्था र सम्मानको प्रतीक हुने उनले बताए ।

बल्खुस्थित कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनबाट पार्टी कार्यालय सन्चालन गर्दै आएको छ । बल्खुमा नयाँ भवन तयार नहुन्जेल एमालेको केन्द्रीय कार्यालय अब थापाथलीबाट सन्चालन गर्ने तयारी छ । 
भाडामा लिइएको भनिएको थापाथलीस्थित कार्यालयको आजै उदघाटन कार्यक्रम राखिएको नेकपा एमालेले जनाएको छ ।

प्रतिकृया दिनुहोस्