भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ दिएका छन् ।
प्रतिनिधिसभाबाट विश्वासको मत पाएलगत्तै आइतबार राति मोदीले प्रधानमन्त्री देउवालाई बधाइ दिएका हुन् ।
मोदीले आगा कार्यकालको शुभकामना दिँदै देउवासँग काम गर्न इच्छुक रहेको बताएका छन् ।
‘बधाइ र सफल कार्यकायलको शुभकामना छ,’ सामाजिक सञ्जाल ट्विटरमा मोदीले लेखेका छन्,‘दुई देशका जनता–जनताबीचको सम्बन्धलाई थप मजबुत बनाउन हरेक क्षेत्रमा तपाईंसँग मिलेर काम गर्न म इच्छुक छु ।’
विश्वासको मत पाइसकेपछि प्रधानमन्त्री देउवालाई बधाइ दिने मोदी पहिलो छिमेकी समक्षी हुन् ।
मोदीले दिएको बधाइप्रति देउवाले धन्यवाद दिएका छन् ।
‘शुभकामनाका लागि बधाइ नरेन्द्र मोदीजी,’ उनले भनेका छन्,‘दुई देश र नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउन नजिकबाट मिलेर काम गर्न चाहेको छु ।’
कांग्रेस सभापति देउवा गएको मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर, छिमेकी समक्षीहरू बधाइ पठाएका थिएनन् । नेपालका लागि भारतीय राजदूत विनय क्वात्रा देउवालाई भेटेरै बधाइ दिए पनि भारतीय प्रधानमन्त्री मोदीको बधाइ पाउन सकेका थिएनन् ।
तर, आइतबार राति विश्वासको मत पाएसँगै मोदीले प्रधानमन्त्री देउवालाई बधाइ दिएका हुन् ।