×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

साफ यू-१६ महिला फुटबलमा भारतसँग नेपाल पराजित

साफ यू-१६ महिला फुटबलमा भारतसँग नेपाल पराजित

काठमाडौं- नेपालमा जारी साफ यू-१६ महिला फुटबल प्रतियोगिताको फाइनलमा पुग्न असफल भएको छ ।

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा भारतसँग १०-० को हार बेहोरेसँगै नेपाल फाइनलमा पुग्न असफल भएको हो ।

जारी प्रतियोगितामा भारतको यो दोस्रो जित हो । भारतले पहिलो खेलमा भुटानलाई ७-० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-१ ले हार बेहोरेको थियो ।

यो जितपछि भारतको ३ खेलमा ६ अंक भएको छ र फाइनल खेल्ने निश्चित भएको छ ।

नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २-(० गोलले हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो । यो हारपछि नेपालको ३ खेलमा ३ अंक रहको छ । अब समुह चरणको अन्तिम खेलमा शुक्रबार बंगलादेशले भुटान खेल्न बाँकी रहेपनि फाइनलमा भारत र बंगलादेश खेल्ने निश्चित भएको छ । फाइनल खेल आइतबार हुने छ ।

 

प्रतिकृया दिनुहोस्