×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हिटचरणमा एलेक्सको राष्ट्रिय कीर्तिमान‚ पुग्लान् त सेमिफाइनलमा ?

हिटचरणमा एलेक्सको राष्ट्रिय कीर्तिमान‚ पुग्लान् त सेमिफाइनलमा ?

काठमाडौं - नेपालको तर्फबाट टोक्यो ओलम्पिक २०२० मा पौडीमा सहभागी एलेक्जेन्डर (एलेक्स) शाहले पुरुष १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । हिटचरणमा पहिलो हुँदै राष्ट्रिय कीर्तिमान राखेपनि उनको अघिल्लो चरण पुग्ने सम्भावना भने कमजोर छ ।

मंगलबार भएको स्पर्धामा एलेक्सले निर्धारित दुरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गरे । हिटचरणबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

हिटचरणमा कुल ७१ जनाले प्रतिस्पर्धा गर्दैछन् । एलेक्स समावेश पहिलो हिटमा ७ तथा अन्यमा समान ८-८ खेलाडी रहेका छन् । एलेक्सको अर्को चरणमा पुग्न भने उनको समय शीर्ष १६ मा पर्नुपर्ने हुन्छ । जसको सम्भावना निकै कम छ । सबै हिटचरणबाट उत्कृष्ट टाइमिङ निकाल्ने १६ जनामात्र सेमिफाइनल पुग्नेछन् ।

अन्य हिटमा प्रतिस्पर्धा जारी छ भने अन्तिम नतिजा केहिबेरमा आउनेछ । यसअघि शनिबार दुई नेपाली खेलाडीको चुनौती पहिलो चरणमा नै समाप्त भएको थियो । जुडोकी सोनिया भट्ट ४८ केजी तौल समूहमा र सुटिङकी कल्पना परियार १० मीटर एयर राइफलमा प्रतिस्पर्धा गर्दै नेपाल फर्किसकेका छन् । कल्पनाले राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी थिइन् ।

प्रतिकृया दिनुहोस्