×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

सरकाले दाता राष्ट्रसँग थप खोपका लागि आग्रह गर्ने

सरकाले दाता राष्ट्रसँग थप खोपका लागि आग्रह गर्ने

सरकारले खोप दाता राष्ट्रलाई धन्यवाद दिँदै थप खोप सहयोगका लागि आग्रह गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देश र संस्थालाई धन्यवाद दिने र खोप उत्पादक मुलुकलाई खोप उपलब्ध गराइदिन आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै बैठकले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई २०७८ असोज मसान्तसम्म लागू हुने गरी विपद् संकटग्रस्त क्षेत्र घोषण गर्ने निर्णय गरेको उनले बताए । यसैगरी बैठकले भारतसँग सातामा एउटा मात्रै उडान रहेकोमा अब त्यसलाई बढाएर सातामा तीनवटा उडान सञ्चालनको अनुमति दिने निर्णय गरेको उनले बताए ।

 

प्रतिकृया दिनुहोस्