काठमाडौं- नेपाली काँग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीले सिमित व्यक्तिको हातमा अर्थतन्त्र दिइएकाले नेपालको विकास हुन नसकेको दावी गरेका छन् ।
नेपालको अर्थव्यवस्था १०–१२ जनाको हातमा रहेको भन्दै उहाँले नेपालको आर्थिक नीति गलत भएको बताए । धेरै व्यापार व्यवसायको अनुमतीपत्र केही निश्चित व्यक्तिलाई दिइएकाले अर्थतन्त्रको विकास हुन नसकको उनको भनाई छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता भण्डारीले सार्वजनिक संस्थानहरुलाई आफै कमाउ र आफै सुविधा लिउ भन्ने नीति लिनुपर्नेमा जोड दिए ।
बैठक मार्फत उहाँले गरिवको घरमा भात र धनीको घरमा आँटो र ढिंडो रहेको भन्दै गाँउठाँउमा बादरले दुःख दिएको र बाँदरको बन्ध्याकरणको बिषय उठाए ।
नेपाल भित्र नेपाली खोज्नु पर्ने बेला आएको भन्दै नेता भण्डारीले सर्वसम्मत चुच्चे नक्शा किन परराष्ट्रमा धन्कीयो भन्दै प्रश्न गर्नुभएको छ । राम्रो संविधान त बन्यो तर सांसद र मन्त्रीहरुको संख्या, सरकारी संचरना धेरै भएकाले धान्नै नसकिने अवस्थामा हामी पुगेको उनले उल्लेख गरे ।