×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

जापानका पूर्व प्रधानमन्त्री आबेको हत्या गर्ने यामागामीलाई जन्मकैदको फैसला

जापानका पूर्व प्रधानमन्त्री आबेको हत्या गर्ने यामागामीलाई जन्मकैदको फैसला

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या गरेको अभियोगमा अदालतले अभियुक्त तेत्सुया यामागामीलाई जन्मकैदको फैसला सुनाएको छ। सन् २०२२ मा नारा सहरमा चुनावी सभा भइरहेका बेला यामागामीले आबेमाथि गोली प्रहार गरेका थिए, जसका कारण आबेको मृत्यु भएको थियो । यस ऐतिहासिक मुद्दाको सुनुवाइका क्रममा सरकारी वकिलहरूले यामागामीलाई कडा सजायको रूपमा 'जन्म कैद' (Life Imprisonment) दिनुपर्ने माग राखेका थिए। अर्कोतर्फ, यामागामीका वकिलहरूले भने उनको विगतको कठिन जीवन अवस्था, पारिवारिक पृष्ठभूमि र गोली प्रहार गर्नुको पछाडिको विशेष कारणलाई ध्यानमा राख्दै सजायमा केही लचकता अपनाउन आग्रह गरेका थिए। उनीहरूले यामागामीलाई बढीमा २० वर्षको जेल सजाय हुनुपर्ने जिकिर गरेका थिए।
अदालतको निर्णय
बुधबार (२१ तारिख) नारा जिल्ला अदालतले दुवै पक्षको बहस सुनेपछि सरकारी वकिलको माग बमोजिम यामागामीलाई जन्म कैदको फैसला सुनाएको हो।
अबको कदम
अदालतको फैसलापछि यामागामीका वकिलले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, "यो फैसलाका विरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्ने वा नगर्ने भन्ने विषयमा हामी अभियुक्त यामागामीसँग छलफल गरेर मात्र अन्तिम निर्णय लिनेछौँ।"

प्रतिकृया दिनुहोस्