एजेन्सी - फ्रेन्च लिग वान फुटबलमा पीएसजीले जित हात पारेको छ । गएराति भएको खेलमा पीएसजीले बोर्डेक्समाथि ३–२ को जित दर्ता गरेको हो ।
खेलको २६औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाए । ४३औँ मिनेटमा नेयमारले नै व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । जसमा दुवै पास केलियन एम्बाप्पेले दिएका थिए । ६३औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई ३-०को अग्रता दिलाए ।
त्यसपछि ७८औं मिनेटमा अल्बर्थ इलिसले गोल गर्दै बोर्डेक्सलाई खेलमा फर्काउने कोसिस गरे । खेलको इन्जुरी समयमा बोर्डेक्सका मबेय नियाङले गोल गरेपनि पीएसजी ३-२ले विजयी बन्यो ।
जितसँगै पीएसजीले १३ खेलमा ३४अंक जोडेर शीर्ष स्थानमा छ । बोर्डेक्स १२अंक सहित रेलिगेशन १६औँ स्थानमा छ ।