×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पुनरागमनको कमाल: अर्जेन्टिना लगातार दोस्रो विश्वकप फाइनलमा

पुनरागमनको कमाल: अर्जेन्टिना लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं - अमेरिकाको एटलान्टामा भएको रोमाञ्चक सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ ले हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलबाट इंग्ल्यान्डले अग्रता लिए पनि ८५औँ मिनेटमा एन्जो फर्नान्डेज र इन्जुरी समयमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए।

कप्तान लियोनेल मेसीले गोल नगरे पनि दुईवटा उत्कृष्ट 'असिस्ट' गर्दै खेलको पासा पल्टाए। यो जितसँगै अर्जेन्टिना सातौँ पटक फाइनल पुगेको छ भने ३९ वर्षे मेसी विश्वकप सेमिफाइनल खेल्ने इतिहासकै सबैभन्दा पाको खेलाडी बनेका छन्।

अब उपाधिका लागि अर्जेन्टिनाले स्पेनको सामना गर्नेछ।

प्रतिकृया दिनुहोस्