उपमहानगरको कार्यालयमा तालाबन्दी, अधिकृतसहितका कर्मचारी कार्यालयभित्रै थुनिए
मङ्सिर १५, २०७९दाङ- मेला महोत्सव रोक्न माग गर्दै तुलसीपुर उद्योग वाणिज्य सङ्घले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा बिहीबार सुरु भएको महोत्सवको विरोध गर्दै सङ्घले तुलसीपुर उपमहानगरपालिकाको मूल गेट, मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिहीबार बिहान ११ बजे तालाबन्दी गरेको हो ।
सबै पढ्नुहोस