तीन प्रदेशका प्रमुख फेरिने : कांग्रेस, माओवादी र जसपाकाे भागबन्डा
कार्तिक २३, २०७८काठमाडौँ- सरकारले तीन वटा प्रदेशका प्रमुख फेर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने गरेकाे हाे । उक्त निर्णयपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिससमेत गरिएकाे बताइएकाे छ । प्रदेश प्रमुखमा सत्तारुढ दलहरूले भागबन्डा गरेका छन् ।
सबै पढ्नुहोस