×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बारका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री

बारका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देवाउले शुक्रबार नेपाल बार एशोसिएसनका पदाधिकारीलाई छलफलका लागि बोलाउनुभएको छ ।
बारका अध्यक्ष चण्देश्वर श्रेष्ठले शुक्रबार बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाउनुभएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको नेपाल बार र सर्वोच्च अदातल बार एशोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाउनुभएको हो ।
गत सोमबार बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बुझाएको धारणापत्र प्रधानमन्त्री देउवालाई पनि बुझाउने उहाँले बताउनुभयो ।
उहाँले आफूहरुले समय माग गरेकाले प्रधानमन्त्री देउवाले बोलाउनुभएको बताउनुभयो । प्रधानमन्त्रीसँगको भेटमा प्रधानन्यायाधीश जबराको बहिर्गमन र नेपाल बारले अघि सारेको न्यायालय शुद्धीकरणको अवधारणाका विषयमा छलफल हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्