कमल थापाको राजिनामा पछि पहिलोपल्ट राप्रपाको पदाधिकारी बैठक बस्दै
माघ २७, २०७८काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पदाधिकारीको बैठक बिहिबार आज बस्ने भएको छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा बस्ने तयारी रहेको बैठकमा पार्टी विभाजन, स्थानीय तहको निर्वाचन लगायतका समसामयिक राजनीतिक घटनाक्रमको बिषयमा छलफल हुने जनाईएको छ । बैठकले निर्वाचन केन्द्रित रहेर देशभर राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्नेसम्बन्धी कार्ययोजनाबारेसमेत छलफल गर्नेछ ।
सबै पढ्नुहोस