नारायणमान बिजुक्छेँले गरे मतदान
बैशाख २९, २०७९काठमाडाैँ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुरमा मतदान गरेका छन् । उनले भक्तपुर नगरपालिका–५ स्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछि उनले जनताको आधारभूत आवश्यकतामा ध्यान दिनुपर्ने बताए । खानेपानी, शिक्षा, स्वास्थ्य लगाएतका बिषयमा आफ्नो पार्टीको ध्यान केन्द्रीय हुने उनले बताए ।
सबै पढ्नुहोस