नेकपा एसका निवर्तमान स्थायी कमिटी सदस्य जंगली एमालेमा प्रवेश
बैशाख ५, २०८०काठमाडौं - नेकपा एकीकृत समाजवादी छाडेका कास्कीका नेता चुँडामणि जंगली नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । मंगलबार (आज) नेकपा एमालेका संगठन विभाग प्रमुख एवं गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले उहाँलाई पार्टीमा स्वागत गर्नुभयो । एसमा स्थायी कमिटी सदस्य रहनुभएका जंगलीले फागुन १२ गते पार्टीबाट राजीनामा दिनुभएको थियो ।
सबै पढ्नुहोस