कतारलाई ६८ रनले हराउदैं नेपालको जित
बैशाख १४, २०८०काठमाडौं- एसिसी प्रिमियर कपमाअन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा कतारलाई ६८ रनले हराउदैं समुह विजेता बनेको छ । नेपालको जितमा सन्दीप लामिछाने एक्लैले ५ विकेट लिन सफल भए । यस्तै तिव्र गतिका बलर सोमपाल कामीले ३ विकेट लिदा अर्का स्पिन बलर ललित रावंशीले २ विकेट लिन सफल भए । यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रेको नेपालले ४०.३ ओभरमा १५७ रन बनाउँदै अलआउट भएको थियो । नेपालका लागि कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्
सबै पढ्नुहोस