रास्वपाको संसदीय दलको बैठक बस्दै
साउन १५, २०८०काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सोमबार बस्दै छ। बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने पार्टीका उपाध्यक्ष तथा सांसद डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिए। ‘आज प्रतिनिधि सभाको बैठक पनि छ। बैठक जानुअघि सांसदहरूसँग छलफल गर्न खोजिएको हो,’ उनले भने, ‘कार्यसूचीमा आधारित भएर छलफल होइन।’ प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ।
सबै पढ्नुहोस