माथिल्लो तामाकोसीबाट ४५६ मेगावाट विद्युत व्यवसायिक रुपमा उत्पादन सुरु
भदौ ३, २०७८माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणको ३६ औं वार्षिकोत्सवको अवसर पारेर ४५६ मेगावाट विद्युत उत्पादन सुरु भएको हो । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार चार वटा युनिटबाट व्यावसायिक विद्युत उत्पादन सुरु भइसकेको माथिल्लो तामाकोसीबाट भदौ १५ गतेभित्र ४५६ मेगावाट नै व्यावसायिक विद्युत उत्पादन सुरु हुनेछ ।
सबै पढ्नुहोस