भजन शिरोमणि भक्तराज आचार्यको निधन
फाल्गुण १५, २०८०काठमाडौं - भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ । बिरामी आचार्यलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको हो । गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्य विगत केही समयदेखि बिरामी थिए । उपचारका लागि आज मेडिसिटी लैजाँदै गर्दा बाटोमा निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए । उनका अनुसार डेढ महिनादेखि आचार्यको उपचार भइरहेको थियो ।
सबै पढ्नुहोस