×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरा - डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।

गएराति नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती प्रदेश ०१–००१क ९६५१ नम्बरको ट्रयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।


दुर्घटनामा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु बिकको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा घाइते भएका धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदीप बिक र डडेल्धुरा नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत बिकको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्