६० दिनभित्र सबै दलीय विद्यार्थी संगठन हटाउन निर्देशन, 'स्टुडेन्ट काउन्सिल' गठन गरिने
असार १५, २०८३काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सम्पूर्ण विभागहरूलाई आगामी ६० दिनभित्र सबै प्रकारका दलीय विद्यार्थी संघ, संगठनहरू हटाउन कडा निर्देशन दिएको छ। त्रिवि शिक्षाध्यक्षको कार्यालय अन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सम्पूर्ण विभागीय प्रमुखहरूलाई औपचारिक पत्र पठाउँदै विश्वविद्यालय हाताभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचनाहरू पूर्ण रूपमा हटाउन निर्देशन दिएको हो।
सबै पढ्नुहोस