प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार
माघ २३, २०७८मुख्यमन्त्री राजेन्द्र कुमार राईको नेतृत्वमा रहेको सरकारले औपचारिक रूपमा मन्त्रालय विभाजन गर्दै मन्त्रिपरिषद् विस्तार गरेकाे हाे । गठबन्धन दलहरूबीच भागबन्डा मिलाउनका लागि मुख्यमन्त्री राईले हालको सात सदस्यीय मन्त्रिपरिषद्लाई बढाएर १३ सदस्यीय बनाएका हुन् । आज बिहान ११ बजे मन्त्रीहरूले प्रदेश प्रमुख समक्ष पद तथा गाेपनियताकाे सपथ लिएका हुन् ।
सबै पढ्नुहोस