सिभिल बैंकको सीईओमा पोखरेल
असार १८, २०७८सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । २७ जेठमा बसेको बैंकको सञ्चालक समितिको ३४५ औं बैठकले १८ असारदेखि लागु हुने गरी पोखरेललाई सीईओमा नियुक्त गरेको हो । उनी २०७८ वैशाख १८ गतेदेखि कामु सीईओमा कार्यरत थिए । विगत दुई वर्षदेखि सिभिल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा आवद्ध थिए । शुक्रबारदेखि उनले बैंकको सीईओ भएर पदभार सम्हालेका थिए ।
सबै पढ्नुहोस