टेकुस्थित महानगरीय प्रहरी परिसर नजिकै आगलागी
भदौ १४, २०७८काठमाडौँ - काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंको कार्यालय नजिकैको घरमा आगो लागेको छ । आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए । आगो एक निजी घरमा लागेको हो । आगोलागीको कारण खुलेको छैन । आगो नियन्त्रणमा लिनका लागी काठमाडौं महानगर, प्रहरी र नेपाली सेनाको दमकल मगाइएको छ ।
सबै पढ्नुहोस