भारतीय अभिनेत्री कंगनाविरुद्ध प्रहरीमा उजुरी
कार्तिक २६, २०७८काठमाडौँ-भारतीय अभिनेत्री कंगना रनौत आफ्नो अभिव्यक्तिका कारण विवादमा परिरहन्छिन् । उनी पुनः विवादमा तानिएकी छन् । उनीविरुद्ध प्रहरीमा उजुरीसमेत परेकाे छ । उनी एक राष्ट्रिय मिडिया नेटवर्कको वार्षिक समिटमा गेस्ट स्पिकरको रूपमा उपस्थित भएर दिएकाे अभिव्यक्तिका कारण अहिले पुन: विवादमा तानिएकी हुन् । उनले बाेल्ने क्रममा भारतको स्वतन्त्रतालाई ‘भिखको संज्ञा’ दिएकी थिइन् ।
सबै पढ्नुहोस