काँग्रेस केन्द्रीय समिति बैठक बस्दै
मङ्सिर २३, २०७८काठमाडौँ - नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालय बस्ने भएको छ । बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको १४औँ महाधिवेशनको तयारी लगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
सबै पढ्नुहोस