×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

दोस्रो चरणमा म, शेखरजी र प्रकाशमानजी सँगै रहन्छौँ : निधि

दोस्रो चरणमा म, शेखरजी र प्रकाशमानजी सँगै रहन्छौँ : निधि

काठमाडौँ- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार रहेका नेता विमलेन्द्र निधिले पहिलो चरणको आफूलाई कसैले नजित्ने दाबी गरेका छन् । कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्ताे दाबी गरेका हुन् । ‘पहिलो चरणमा कसैले बहुमत ल्याउनुहुन्न,’ उनले भनेका छन् ।

यस्तैगरी दाेस्राे चरणकाे चुनावमा आफू, शेखर कोइराला र प्रकाशमान सिंह एकै ठाउँमा उभि उनले बताए । यसाे हुँदा कांग्रेसमा राम्राे ‘रीजल्ट’ आउने उनकाे भनाइ छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा निर्विराेध प्रस्ताव गरेको भए पार्टीको तल्लो तहमा नयाँ सन्देश जाने उनले बताए । यद्यपि देउवाले त्यसो नगरेको बरु अझै आफैँलाई नै चाहिने बताएको उनको भनाइ थियाे । देउवाको नेतृत्वमा पौडेललाई अलग्याउने कोसिस भएकोसमेत उनले बताए ।

निर्वाचन कार्यक्रम एक दुई दिन स्थगित गरेर अझै पनि पौडेलको नाममा सहमति गर्न सकिने ठाउँ रहेको पनि बताए । कांग्रेस महाधिवेशनपछि सरकारको नेतृत्व परिवर्तन हुने निधिको दाबी छ । त्यतिबेला कांग्रेसभित्रबाट वा पाँच दलको कुनै नेता प्रधान मन्त्री हुने उनले बताए ।

प्रतिकृया दिनुहोस्