६० लाख सोमालियाली खाद्य संकटमा रहेको राष्ट्रसंघको भनाइ
चैत २६, २०७८एजेन्सी- संयुक्त राष्ट्रसंघले सोमालियामा खाद्य संकट उत्पन्न भएको भन्दै सो समस्याको जोखिममा कम्तीमा पनि ६० लाख मानिस परेका बताएको छ । खाद्य संकटका कारण उत्पन्न भएको समस्या तत्कालै टार्नका लागि संयुक्त राष्ट्रसंघले सहयोगको अपिल पनि गरेको छ । त्यहाँ केही समय यतादेखिको खडेरी तथा आन्तरिक द्वन्द्वका कारण खाद्य संकट परेको जनाइएको छ ।
सबै पढ्नुहोस